डडेल्धुरा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २६ गतेदेखि हुने

ललित बोहरा/डडेल्धुरा:

डडेल्धुरामा १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही माघ २६ गतेदेखि हुने भएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २६ गतेदेखि २७ गतेसम्म अमरगढी नगरपालिका- ४ मा पर्ने नेपाली सेनाको टुँडिखेल खेलमैदानमा हुनेभएको छ ।

शोमबार व्यवस्थापन, निर्देशन समितिको बैठकले मिती स्थान तय गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले जानकारी दिए ।

स्थानीय तहहरुले पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेकोले छिटो मिति तय भएको हो । । पालिकास्तरबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगातयका खेल खेलाइनेछन् । विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.