डडेल्धुराका सरकारी कार्यालयमा छड्के अनुगमन :३६ कर्मचारी परे स्पष्टीकरणमा

डडेल्धुरा :

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा जिल्लाका कार्यालयमा छड्के अनुगमन गरिएको हो ।

प्रशासनले १५ कार्यालमा छड्के अनुगमन गरेकोमा ३६ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमा १५ जना अधिकृतस्तरका कर्मचारी रहेका छन् ।

अनुपस्थित कर्मचारी अनुपस्थित हुनुको कारण खुलाएर जानकारी दिन र स्पष्टीकरण पेस गर्न प्रशासनले निर्देशनसमेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.