बैतडी : बैतडीको पाटन नगरपालिका-१० को एक स्वास्थ्य चौकिमा प्रक्रिया विना कर्मचारी राखेको गरेको खुलासा भएको छ । सिद्धपुर स्वास्थ्य चौकिमा कुनै प्रक्रिया विना कार्यालय सहयोगी/स्वीपर पदमा नियुक्त गरेको खुलेको हो ।
पाटन नगरपालिका कार्यपालिकाको कार्यालय पाटनले विज्ञापन आहान गरेपछि मात्र कर्मचारी भर्ना प्रक्रिया सुरु छ तर विना विज्ञापन ७ महिना कर्मचारी भएर काम गरेको खुलेको छ । केही दिन अगाडी मात्र पाटन नगरपालिकाले सिद्धपुर स्वास्थ्य चौकि स्वीपर पदमा विज्ञापनको सूचना लगायाे ।
नम्बर १० कै तीन जनाको निवेदन दर्ता भयो । अन्र्तवाता मार्फत ७ महिना अगाडी सिद्धपुर स्वास्थ्य चौकि अध्यक्ष तथा वडा अध्यक्ष धनबहादुर कुवँरले काम गर्नु भनेर राखेरका कर्मचारी छनोट भएनन् । उनले न्यायीक समितीसंगै पत्रकारलाई समेत बैठकका निर्णय हाजिरी समेत दिएकी छन् ।
के भएको थियो ।
पाटन नगरपालिका- १० मा कार्यरत कार्यालय सहयोगी धाना भट्टले २०८० साउन ५ गते पदबाट राजिनामा दिएपछि पद रिक्त रहेको थियो ।
त्यसको भोली २०८०-४-६ देखि स्वयमसेविका समेत रहेकी चन्द्रदेवि भट्टलाई काम लगाएको देखिएको छ । (स्मरण होस पाटन प्राथमीक स्वास्थ्य केन्द्रमा डाक्टर भर्ना प्रक्रियाकै कारण एक महिना बढी स्वास्थ्य केन्द्र चिकित्सक विहिन थियो । तर कार्यालय सहयोगी एक दिन खाली नगरि राख्नु नै शंकापद थियो )
काममा मात्र गएकी हैनन् उनले बिना नियुक्ती लगातार काम गरी हाजिर लगाउदै आएको पाइएको छ । त्यसपछि २०८० मंसिर १३ गते बसेको स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष कुवँरको अध्यक्षतामा बसेको बैठकले चन्द्रालाई सोही पदमा व्यवस्थापन गराइदिन कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको खुलेको छ ।
“चन्द्राले २०८०/४/६ गतेदेखि हालसम्म कामकाज गरिराखेको र कामकाज सन्तोषजनक गरिराख्नु भएकाले निजलाई नै यस कार्यालयमा स्वीपर पदमा व्यवस्थापन गराइदिन कार्यपालिकालाई अनुरोध गर्ने निर्णय सर्बसम्मतबाट पारित गरियो ।” निर्णयमा भनिएको छ ।
व्यवस्थापन समितिले आवश्यक भएकाले कार्यालय सहयोगी माग गर्न पाउछ । तर नाममै दिएर कर्मचारीलाई राख्न अनुरोध पाईदैन् । अध्यक्षलाई थाहा नभएपनि यो बैंठकमा भएका सरकारी कर्मचारीले भन्नु पर्ने हो । कर्मचारीले विना नियुक्ती सरकारी रजिस्टरमा हाजिर कसरी लगाउन दिइयो । हामी बुझदै छौ पाटन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत शेरबहादुर बुढाले भने, ‘कर्मचारी भर्ना प्रक्रिया सबै नगरपालिकाबाट हुन्छ, जुन कार्यालयले ७ महिना पहिले भर्ना गर्यो त्यो कार्यालयले जिम्मेवार हुनु पर्छ।’
पाटन नगरपालिकाले स्वास्थ्य चौकी व्यवस्थापन समितिले गरेको निर्णयमा नै त्रुटी देखाएको छ । “फलानो कर्मचारीलाई व्यवस्थापन गर भनेर समितिले निर्णय गर्न पाइदैन, तर रिक्त रहेको उक्त पदमा विज्ञापन आह्वानको माग गर्नेबारे निर्णय गर्न पाइन्छ प्रमुख प्रसासकिय अधिकृत शेरबहादुर बुढाले भने,
स्वास्थ्य चौकीमा कार्यालय सहयोगी/स्वीपर पदमा नियुक्त गरिएको कर्मचारीको बारेमा छानविनको माग गरिएको छ । २०८० साउनदेखि काम गर्दै आएकी चन्द्रा भट्टले हालै नयाँ स्वीपर नियुक्तीको विषयमा छानबिनको माग राख्दै निवेदन दिएकी हुन् ।
गत साउन ६ गतेदेखि काम गर्दै आएको उल्लेख गर्दै यस अवधिको पारीश्रमिक समेत उपलब्ध नगराएको निवेदनमा उल्लेख गरिएको छ । चन्द्रालले बिना नियुक्ती काम गरिरहेको पाएइको छ ।
मंसिर ८ गते सो निर्णय गरिएपछि पुष ४ गते पाटन नगरपालिकालाई सो निर्णयको जानकारी गराइरहेको छ । तर नगरपालिकाले उक्त पदमा विज्ञापन आह्वान गरेको थियो । माघ १४ गतेको परीक्षाबाट सफल नभएकी चन्द्र बैकल्पीक उम्मेदवारको सुचिमा राखिएको छ ।
उक्त बिज्ञापनबाट माया भट्ट नियुक्त भएकी छन् । त्यसपछि सोमबार चन्द्राले उक्त परीक्षाको विषयमा छानबिनको माग गर्नै न्यायिक समितिमा निवेदन पेश गरेकी छन् । २०६६ सालदेखि स्वयमसविकामा कार्यरत रहेको र यसअघि पनि काम गर्दै आएको दावी गरेकी छन् ।
नगरपालिकाले सञ्चालन गरको यो परीक्षाको विषयमा छानबिनको लागि चन्द्रा भट्टले नगरपालिकाको न्यायिक समितिमा निवेदन पेश गरेकी हुन् ।
आफुलाई यसअघि स्वास्थ्य चौकी व्यवस्थापन समितिले काममा लगाएको र साउनयताको पारीश्रमिक समेत उपलब्ध नरगाएको निवेदनमा उल्लेख गरेकी छन् ।
यसअघि स्वयमसेविकाको रुपमा कार्यरत रहेको र कामकाज गरिरहेको अवस्थामा आफुलाई हटाउन प्रपन्च रचेको निवेदनमा उल्लेख गरेकी छन् । नगरपालिबाट न्याय नपाएको अवस्थामा जिल्ला प्रशासनमा निवेदन दिने चन्द्रा भट्टका श्रीमान लक्ष्मीदत्त भट्टले बताए ।
यस विषयमा वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धन बहादुर कुवँरले आफुहरुले नियुक्त गर्ने निर्णय नगरेको र व्यवस्थापनका लागि मात्रै निर्णय गरेको बताए । चन्द्राले हाजिर लगाइरहेको विषयमा गरिएको प्रश्नमा अध्यक्ष कुवँरले भने, ‘हाजिर लगाएको विषय मलाई सोध्ने विषय होइन, इन्चार्जलाई सोध्ने विषय हो,’ उनले भने ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट कार्यालय सहयोगीको रुपमा राख्ने भनिएको र उनले काम गर्न आउदा हाजिर लगाउनु स्वभाविक भएको स्वास्थ्य चौकी इन्चार्ज महेन्द्र बोहराले बताए ।