बैतडी :
बैतडीको पाटन नगरपालिका-१ ले शहिद दिवसको अवसरमा अन्तर विद्यालय सांस्कृतिक प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरेको छ ।
शहिदको सम्झनामा गितमार्फत गर्ने उद्दृेश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष र्तकसिह ठगुन्नाले बताए । सांस्कृतिक प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी आधारभुत तह १ देखी ८ सम्मका ६ बिद्यालयहरुको सहभागीता रहेको थियो ।
जसमा प्रथम कैलाश आधारभुत विद्यालय डैसिली, द्वितीय जनता आधारभुत विद्यालय पोखरी र तृतीय स्थान कालिका आधारभुत विद्यालय सकार भएको मुल्यांकन कर्ता शिक्षक टेक राज भट्टराईले बताए ।
प्रथम, द्वितीय, तृतीयले क्रमस नगद ५ हजार, ३ हजार, र २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । वडा अध्यक्ष ठगुन्नाको अध्यक्षतामा कैशाश आधारभुत बिद्यालयको प्रागंणमा कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यपक गगन सिह बोहराले बताए ।