बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, ७ जना घाइते

बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ भने चालक सहति ७ जना घाइते भएका छन् ।

दोगडाकेदार गाउँपालिका- ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले बताए । घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

जिल्लाको दोगडाकेदार २ कटौजपानीमा दुर्घटना भएको हो । सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौज पानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.