बयलचौरमा प्रहरी चौकी स्थापनाको लागि सुरक्षा समितिद्धारा स्थलगत निरिक्षण

नगरपालिका भौतीक संरचना तयार गर्नु पर्ने

ललित बोहरा : बैतडी

बैतडीको पाटन नगरपालिका-१ को बयलचौरमा प्रहरी चौकी स्थापनाको लागि जिल्ला सुरक्षा समितिले स्थलगत निरिक्षण गरिएको छ ।

गृह मन्त्रालयले अस्थायी प्रहरी चौकी स्थापनाका लागि अनुमती दिएपछि भौतीक अवस्थाको स्थलगत अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताए ।

गृह मन्त्रालयबाट अस्थायी प्रहरी चौकी स्थापनाको लागि परिपत्र आएकाले भवन, खानेपानी लगायतका बिषय निरक्षण गर्न सुरक्षा समिति टिम पुगेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

भौतीक संरचना मर्मम स्थानीय तहले गरिदिए एक महिना भित्र प्रहरी चौकि उद्घाटन गर्न सकिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक गिरीले बताए । अहिले प्रहरी चौकी अस्थायी भएकाले प्रहरी बस्ने पोष्ट निमार्ण स्थानीय तहले गरिदिनु पर्ने उनले बताए । पुरोना संतसगको भवन जिर्ण भएकाले त्तकाल मर्मत आवश्यक रहेको डिएसपी गिरीले बताए ।

इलाका प्रहरी कार्यालयका प्रमुखको नेतृत्वमा पाटन नगरपालिकाका प्रतितिधि सदस्य हुने छ । प्रतिवेदन अनुसार स्थापानका लागि आवश्यक प्रक्रिया अगाडी बढने डिएसपी गिरीको भनाई छ ।

नगरउपप्रमुख कमलसिह बोहरा (अपी)ले आवश्यक भौतीक संरचना निमार्ण नगरपालिकाले गर्ने बताए । उनले जनताको सुरक्षा नगरपालिका पहिलो प्राथमिकता भएकाले प्रहरी चौकी निमार्णका लागि आवश्यक सहयोग गरिने बताए ।

वडा अध्यक्ष तर्कसिह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख बोहरा, बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख गिरी, सशस्त्र प्रहरी बल ५१ नं गुल्म बैतडीका प्रमुख कृष्ण सिंह पुजारा, भूमि आयोग बैतडीका अध्यक्ष धर्म सिंह ऐर, पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र अवस्थी, इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरक्षक सरोज कुमार ठकुराठी, जनप्रतिनिधी, पत्रकार, राजनितीक दल तथा स्थानीय उपस्थीती रहेको थियो ।

चौकी स्थापना भए वडा नम्बर १ र ७ लाई सेवा दिने छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.