डा.महावीर पुन बैतडीमा पुस्तक बिक्रि गर्दै
बैतडी :
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन पुस्तक बिक्रि गर्दै बैतडी पुगेका छन् । जिल्लाको पाटन नगरपालिका-८ खोड्पे र पाटन-६ बजारमा उनले लेखेको पुस्तक सम्झना, सपना र अविरल यात्रा बिक्री गरेका छन् आत्माकथामा आधारित पुस्तक “महावीर पुन“ बिक्री वितरण गर्न बैतडी सदरमुकाम गोठलापानी पुगेका हुन् ।
पुस्तक यात्रामा डाक्टर पुन मङ्गलवार दैलेख हुँदै अछाम झरेका थिए । बुधवार र बिहीवार डोटी र डडेल्धुरामा किताब बिक्री गरेका पुन शुक्रवार बैतडी पुगेका हुन् । डा.पुनले शनीबार बैतडीको सदरमुकाम गोठलापानीमा पुस्तक विक्री गर्ने उनले बताए ।
पुस्तक बिक्रिबाट संकलन रकमले वीरगञ्ज कृषि औजार कारखाना तथा आविष्कार केन्द्र संचालन आफ्नौ जिवन कथा विक्री गरिरहेको उनले बताए ।