पाटनमा विशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविर हुने

बैतडी:

बैतडीको पाटन नगरपालिकामा विशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यही माघ २४ कृष्ण माविका प्रांगणमा शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । नगरपालिकाको आयोजना, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र कृष्ण मावि पाटनको व्यवस्थापनमा शिविर आयोजना गरिएको हो ।

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, भिडियो एक्सरे सेवा र प्रयोगशाला सेवा समेत सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

शिविरमा स्वास्थ्यचौकीबाट नि: शुल्क प्राप्त हुने औषधिहरु नि: शुल्क प्राप्त गर्न सकिने भने थप औषधिहरु बिरामी आँफैले किन्नुपर्ने स्वास्थ्य शाखा प्रमुख महराले बताए । माघ २४ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा बिशेषज्ञ डाक्टरहरुले सेवा दिने भएकाले सेवा लिन नगरपालिकाले सबैमा आग्रह समेत गरेको छ ।

आईतबार दोगडाकेदारमा गाउँपालिका-४ पिपलकोटमा २ दिने शिवर सञ्चालन भइरहेको छ भने २३ गते दार्चुला आयोजना गरिने डा सुनिल शर्माले बताए । जटिल समस्या देखिएकालाई कामाण्डौमा काठमाण्डौं मेडिकल कलेज निःशुल्क सेवा दिने उनले बताए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.