अजयमेरुमा दुनाटपरी बनाउने ७ दिने तालिम सुरु

बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिका–५ मा दुनाटपरी बनाउने तालिम शुरु भएको छ। तालिमको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास)ले उद्घाटन गरेका छन् ।
अजयमेरु गाउँपालिका वडा नम्बर ५ को समन्वय र घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा सात दिने तालिम सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशव भण्डारीले बताए ।

तालिममा ६ जना पुरुष र १२ जना महिला गरि १८ जना सहभागि भएका छन। प्रत्येक टोलबाट समेटिने गरी बिपन्न, गरिब, दलित र सिप सिक्न चाहने ईच्छुक ब्यक्तिहरुलाई समाबेश गरिएको वडा अध्यक्ष राज बहादुर पालले बताए।।

गाउँघरम पाईने कच्चा पर्दाथबाट सामग्रीबाट उत्पादन गरी व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको जनाईएको छ।
उद्घाटन गाउँपलिका उपाध्यक्ष पाल प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझा, वडा अध्यक्ष पाल र घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख भण्डारी लगायतको सहभागीता रहेको थियो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.