डडेल्धुराको अमरगढीमा अटो दुर्घटना, ६ जना घाइते

ललित बोहरा/डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-८ रातो गुराँस रिर्सोट नजिक अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार सदरमुकामबाट पोखरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ह ६०६४ नम्बरको अटो सडक किनारामा पल्टीएको डडेल्धुरा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

अटोमा सवार एक जना प्रहरी जवानसहित छ जना घाइते भएको प्रहरी जनाएको छ । घाइते भएकाहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेको र अन्य सामान्यको अवस्था रहेको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.