बैतडीको पाटनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ हजारले लिए सेवा

ललित बोहरा/बैतडी
बैतडीको पाटनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको भएको छ । पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा विशेषज्ञसहितको एकदिने निः शुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको हो ।

एक दिने शिविरमा २ हजार १७ जनाले सेवा लिएका आयोजक पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले बताए । शिविरमा पाटन, सुर्नय, मेलौली लगायतका ठाउँका २ हजार सय १७ जनाले उपचार सेवा पाएका उनले बताए ।

शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटील समस्या देखापरेकाले उनिहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग, कृष्ण मावि र पाटन प्राथमीक स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिवीर गरिएको हो । ।

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान भएको हो । यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत दिइएको थियो । शिविरमा निःशुल्क प्राप्त हुने औषधिहरु दिएको थियो भने काठमाण्डौं मेडिकल कलेजका डाक्टरहरुको टिमले उपचारमा सहयोग गरेका थिए ।
शिवीरको उद्घाटन मोरङ क्षेत्र नम्बर तीनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा। सुनिल शर्माले गरेका थिए ।

दोगडाकेदारमा दुई दिने शिविर सम्पन्न गरेर मंगलबार दार्चुलामा एक दिने शिविर गरेको छ भने बिहीबार डडेल्धुरा अस्पतलामा शिविरको आयोजना गर्ने लागेको काठमाण्डौं मेडिकल कलेजले जनाएको छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.