ललित बोहरा, बैतडी :
बैतडीको पाटन नगरपालिकामा पर्ने एक बिद्यालयका कर्मचारीले उच्च अदालतमा मुद्धा दर्ता गरेका छन् । आफुलाई बिद्यालय व्यवस्थापन समितिले बिनाकारण हटाएको भन्दै सिद्धेश्वर मावि मेल्चौराका लेखापाल करविर भट्टराईले मुद्धा दर्ता गरेका छन् ।
भट्टराईले सिद्धेश्वर माध्मीक बिद्यालय पाटन १ मेल्चौरालाई विपक्षी बनाई उच्च अदालत दिपालय, महेन्द्रनगर इजलासमा चैत्र २० गते रिट निवेदन दिएका हुन् । न्यायाधिस राजेन्द्र सुवेदीको एकल इजलासले लेखापाल भट्टराईलाई वा निवेदकले अन्तरिम आदेश माग गरेर बमोजीम आदेश दिन अस्वकार गरेका छन् ।
तर लेखापाल भट्टराईलाई सेवाबाट बर्खास्ति गर्दा गरिएको निर्णयसहित कारवाहीको फाईल समेत लिई चैत्र २८ गते अदालतमा छलफलका लागि आउन भनीएको छ ।
घटना यस्तो थियो ।
लामो समयदेखी सिद्धेश्वर माध्मीक बिद्यालय पाटन नगरपालिका १ मेल्चौरामा बिद्यालय कर्मचारीको रुपमा काम गर्ने लेखापाल करबिर भट्टराईले सामाजीक परिक्षणमा नगद रकम चलाएको देखीयो ।
बिद्यालयको सम्पती हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी समेत परेको देखीन्छ । उजुरी पछि विद्यालयका आर्थिक क्रियाकलापका सबै कागजपत्र प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन झिकायाे ।
सो कागजातमा लेखापाल, त्तकालीन प्रधानाध्यापक लालुराम बिकका नाममा केही रकम नगद देखियो । सो रकाम त्तकाल बिद्यालका नाममा जम्मा गरी अभिभावक भेलाबाट सामाजीक लेखापरिक्षण गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दियो ।
सो अनुसार करिब ४ लाख आफुसंग र त्तकालीन प्रअसंग रहेको रकम २ बर्ष अगाडी २०७७ सालमा नै जम्मा गरेको लेखापाल करबिर भट्टराईले बताए । लालुराम विक प्रअले राजीनामा गरे ।
त्यो समयमा लेखापाल भट्टराईलाई विव्यस र अभिभावकले माफी दिए । तर २०७९ सालमा नयाँ बिद्यालय व्यवस्थापन समिती गठन भयो । हिक्मत रावलको नेतृत्वमा बन्नेको बिद्यालय व्यवस्थापन समिति र गणेश भट्टराई नेतृत्वमा बन्नेको शिक्षक अभिभावक संघले निजी स्रोतबाट पाउने लेखापालको ५ हजार तलब घटाउने निर्णय भयो ।
सो निर्णकको एक महिना नसकिदै उनलाई सो समितिले कार्यालयका कागजपत्र गोप्य राखेको भन्दै सेवाबाट नै हटाउने निर्णय गरेको शिक्षक अभिभावक संघका अध्यक्ष गणेश भट्टराईले बताए ।
हटाउनका लागि २ सय भन्दा बढी जनताको घर-घर पुगेर हस्तारक्षर संकलन समेत गरिएको थियो । लेखापाललाई सेवाबाट हटाएको कुनै व्यक्तीमार्फत जानकारी पाएपछि उनले पाटन नगरपालिकामा पुर्नवाहालीका लागि निवेदन दिए ।
सो निवेदनका आधारमा पाटन नगरपालिकाले पीटीए अध्यक्ष र बिद्यालय व्यवस्थापन समिति अध्यक्षसहितको टिमलाई नगरपालिका छलफलका लागि बोल्यो । अध्यक्ष धनगढी भएपछि बिद्यालय व्यवस्थापन समिति सदस्य र पिटीए अध्यक्षसंग दुई दिने छलफलपछि नगरपालिकाले निज लेखापाल भट्टराईलाई शिक्षा निमावली र अदालतका नजिरहरु हेर्दा हटाउने निर्णयलाई बदर गर्दै पुर्नवाहालीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रशाद पाण्डेले पत्राचार गर्यो ।
तर बिद्यालय व्यवस्थापन समितिले लेखापाललाई हाजिर हुन नदिई हाजिरी रजिष्टर समेत लुकाई दिएको भट्टराईको आरोप छ । त्यसपछि उनी अदालतको ढाेका पुगेका छन् । अदालतले छलफलका लागि भन्दै बिद्यालय व्यवस्थापन समितिलाई सेवाबाट हटाउनु पर्ने फाईलसहित चैत्र २८ गते बोलाएको छ । तर बिद्यालय व्यवस्थापन समितिले चैत्र २२ गते अभिभावको भेला राख्यो ।
भेलामा हटाउनु पर्ने भन्दा हटाउन नहुर्ने पक्ष बढी देखीएपछि स्थानीय सरकारसंग थप छलफल गर्ने भन्दै भेला सकियो ।
व्यवस्थापन समितिको सदस्यको छनौट, काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधिमा शिक्षक हटाउने अधिकार छैन भने थप सेवा सुविधाको व्यवस्था गर्नु पर्ने शिक्षा (आठौं संशोधन) नियमावली, २०७१ लेखीएको छ ।