बैतडी : सांसद डा.सुनिल शर्माले बैतडीका पाटन बहुमुखी क्याम्पसमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित सांसद शर्माले ‘सांसदसंग विद्यार्थी अन्तरक्रिया’कार्यक्रमको आयोजना गरेर अक्षयकोषको स्थापना गरेका हुन् ।
बुधबार बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा भएको अन्तरक्रियामा सांसद शर्माले एक लाखको अक्षयकोष स्थापना गरेका स्ववियु सभापति भागरथी भट्टले बताइन् । क्याम्पसमा अध्ययनरत गरीब,दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुर्याउन अक्षयकोषको स्थापना गरेको सांसद शर्माले बताए ।
पैसाको अभावमा उच्च शिक्षा ग्रहण गर्न समस्या भएका विद्यार्थीहरुलाई सहज होस भनेर अक्षयकोषको स्थापना गरिएको सांसद शर्माले बताए । केही दिन पहिले सांसद शर्माले दोगडाकेदार गाउँपालिका ४ स्थित श्रीकेदार मावि पिपलकोटमा पनि एक लाखको अक्षयकोष स्थापना गरेका छन् । बृहत स्वास्थ्य शिविर सञ्चालनको बेला विद्यार्थीहरुसंग गरिएको अन्तरक्रियामा कार्यक्रममा सांसद शर्माले अक्षयकोषको स्थापना गरेका हुन् ।