डडेल्धुरामा बस दुर्घटना, १३ जना घाइते

डडेल्धुरा :

डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना ६ख ५४५० नम्बरकाे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

sanke

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ ।

प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।

Leave A Reply

Your email address will not be published.