बैतडीः
बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले हात पारेको छ। मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी जारी रनिङ शिल्डको उपाधी मेलौली नगरपालिकाले जितेको हो। मेलौली नगरपालिकाले १४ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरेको छ। द्धितिय स्थान हासिल गरेको पुर्चौडीले ६ स्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ।
तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ६ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ। पाटन नगरपालिकाले ५ स्वर्ण ९ रजत र १ कास्य प्राप्त गरेको छ। पन्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ। गत वर्ष पनि मेलौलीले प्रतियोगिताको उपाधी जितेको थियो।
भलिवल
१४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा भलिवलमा फाईनल खेलमा शिबनाथ च्याम्पियन बनेको थियो । मेलौलीसगं भएको फाईनल खेलमा शिबनाथ बिजेता बनेको हो।
छात्र भलिबल अन्तर्गत सिगास प्रथम भएको छ। दशरथचन्द नगरपालिकाको टिमसगं भएको फाईनल खेलमा सिगास बिजेता बनेको हो। यसैगरी दशरथचन्द नगरपालिका उपबिजेता बनेको छ भने मेलौली नगरपालिकाको टिम तृतीय भएको छ।
करातेमा ६ श्वर्ण सहित पुर्चौडी प्रथम, ५ श्वर्णसहित दोगडाकेदार दोस्रो
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कराते खेलमा पुर्चौडी नगरपालिकाले ६ श्वर्ण हात पार्दै प्रथम स्थान हासिल गरेको छ । पुर्चौडीले ६ श्वर्ण, ४ रजत र २ कास्य हात पारेको कराते रेफ्री सयोजक ओम प्रकाश पन्तले जानकारी दिए ।
दोस्रो स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ५ श्वर्ण, ३ रजत र ४ कास्य हात पारेको छ । तृतीय स्थान हासिल गरेको दशरथचन्द नगरपालिकाले १ श्वर्ण, ४ रजत र ४ कास्री हात पारेको छ । डिलासैनी गाउँपालिकाले १ रजत, ३ कास्य र सिगास ४कास्य हात पारेको छ।