भोलि कर्णालीका १० पालिकामा बिदा

काठमाडौँ :

कर्णालीका केही स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् । ती पालिकाहरूले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिने निर्णय गरेका हुन् । २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई माओवादी केन्द्रले जनयुद्ध दिवसको रूपमा मनाउने गरेको छ ।

सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर कर्णालीका केही पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.