जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड: पाटनले ग्रहण गरेन् मेडल र प्रमाणपत्र

ललित बोहरा/बैतडी :

बैतडीमा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डमा प्राप्त गोल्ड, मेडल र प्रमाणपत्र पाटन नगरपालिकाले ग्रहण गरेन् । तीन दौडका बिधामा पाटन नगरपालिकाका विद्यार्थी प्रथम भएपनी प्रथममा नाम नभएका कारण गोल्ड, मेडल र प्रमाणपत्रहरू नबुझेको खेल शिक्षक दिपेन्द्र भण्डारीले बताए ।

उनका अनुसार भिडियो प्रमाण समेत पेश गरेर जिल्लाको टिमले सुनुवाई नगरेकाले नगरप्रमुखसहित बिद्यार्थीहरुले गोल्ड, मेडल र प्रमाणपत्र नबुझ्ने निर्णय गरेको हो ।

एक सय मिटर दौड छात्रा प्रथम, आठ सय मिटर दौडमा छात्र अगाडी पुगे पनि रेवन समात्नेलाई मात्र प्रथम घोषणा, ४०० मिटर छात्रा नजिकै पुगेको अर्कोलाई प्रथम बनाएको तथा दुइ सय मिटरमा समेत विवाद गरेको खेल शिक्षक भण्डारीको दाबी छ ।

केहीमा भिडियो देखाएपछि प्रथम घोषण गरेपनि मुल दर्तामा अरु नै प्रथम देखिएपछि मेडल र प्रमाणपत्रहरु नबुझ्ने निर्णयमा पुगिएकाे नगरपालिकाले जनाएको छ ।

५ स्वर्ण, १० रजत र १ कस्य प्राप्त गरेको पाटनले एक स्वर्ण थप पाएमा राष्ट्रपति रनिङ शिल्डकाे दोस्रो स्थान सुरक्षीत गर्ने थियाे ।

दौड केही खेलमा भिडियो हेर्दा त्यो देखिएको जिल्ला खेलकुद समिति अध्यक्ष चमन कुमार भण्डारीले स्विकार गरेका छन् । ‘खेलको नियममा जज अर्थात निर्णायको निर्णय नै अन्तीम हुने छ भनीएको छ समितिले गरेको निर्णयमा भिडियोलाई मान्यता दिने भनेको छैन।’ उनले भने, ‘पाटनले प्रमाणसहितको निवेदन पनि ढिला दिएकाले सुनुवाई हुन सकेन्। ’

पाटनले मेडल र प्रमाणपत्रहरु ग्रहण नगरेर गलत गरेको अध्यक्ष भण्डारीको आरोप छ । डिलाशैनी गाउँपालिका र दनपाले समेत केही खेलमा विराेध जनाएको भएपनि अन्तिममा सहमती भएको थियो ।

नतिजा विवरण

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.