सुर्नया गाड र गोइडाखोलामा निर्माणाधिन पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु(भिडियोसहित)

ललित बोहरा/बैतडी

बैतडीमा दुई  मोटेरेबल पुलको ठेक्का तोड्ने गर्ने प्रक्रिया सुरु भएको छ । जिल्लाको पाटन नगरपालिका- सुर्नया गाड र गोइडाखोलामा निर्माणाधिन मोटेरेबल पुलको ठेक्का रद्द प्रक्रिया सुरु भएको हो ।

१० बर्ष अगाडी सम्झैता भएको लाेर्खा,सकार-कैलपाल जोड्ने सुर्नया गाड पुल र ६ बर्ष अगाडी निमार्ण सुरु भएको पाटन- पञ्चेश्वर सडकमा पर्ने गोइडाखोलामा रहेको पुल ठेक्का तोड्ने पहिले चरणकाे प्रक्रिया सुरु भएको सडक डिभिजन कार्यालय पाटनका सूचना अधिकारी इन्जीनियर असिम रसाईलीले बताए ।

सडक डिभिजन कार्यालय पाटनले निमार्ण कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना जारी गरेको छ । पटक-पटक म्याद थप गर्दा पनि निमार्ण व्यवसायीलाई लिखित तथा मौखिक निर्देशनमार्फत जानकारी गर्दा समेत लामो समयसम्म निमार्ण कार्य गर्ने कुनै चासो नदेखाएकाले सूचना प्रकाशित भएको १५ दिन भित्र कार्य सम्पन्न हुन नसकेको र कार्य सम्पन्न गर्ने संशोधित कार्य तालिका स्रोत परिचालनको भरपर्दो योजना कार्य सम्पन्न गर्ने प्रतिब्द्धतासहित अधिकारिक व्यक्ती कार्यालयमा उपस्थित हुने भनीएकाे सूचना अधिकारी इन्जीनियर असिम रसाईलीले बताए ।

यदि १५ दिनभित्र काम सुरु गर्ने तयारी नदेखिएमा सार्वजनीक खरिद ऐन २०६३ तथा सार्वजनीक खरिद निमावाली २०६४ अनुसार ठेक्का रद्द हुने उनले बताए ।

ठेक्का सम्झैता अन्त्य गरि कालोसूचि राख्ने तथा कार्यसम्पादन जमानत, अग्रीम भूक्तानी बैंक जमानत, धरौटी मार्फतको रकम जफत गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च निमार्णस्थल सुरक्षामा लाग्ने खर्च समेत सरकारी बाँकी सरह मानी असुल उपर गर्ने सूचना अधिकारी इन्जीनियर रसाईलीले बताए ।

उनका अनुसार यो ठेक्का तोड्ने प्रक्रियाको पहिलो चरण हो । ठेक्का तोडिएमा तत्काल नै ठेक्का लगाउने प्रक्रिया सुरु हुने डिभिजन प्रमुख मुकुन्द प्रशाद लामिछानेले बताए । उनले भने, ‘ठेक्का तोडियो भनेर चिन्नता गर्नु पर्दैन अर्को प्रक्रिया सुरु हुने छ, रकम यो शिर्षकमा छ। ’

पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुल आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । भने ६ बर्षदेखि पाटन पञ्चेश्वर सडकमा पर्ने खाईडाखोला पुल निमार्णधिन छ । दुई पुलमा अहिले काम ठप्प रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको आलोचना भइरहेको छ । निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु पनि आक्रोशित बनेका छन् ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.