सहस्त्रलिङ्ग आधारभूत विद्यालय पाटनले मनायो वार्षिकोत्सव

बैतडी:  बैतडीको पाटन नगरपालिका-६ स्थित सहस्त्रलिङ्ग आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कम्भीर कोलीको सभाध्यक्षमा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा सोही विद्यालयका पूर्व प्रधानाध्यापक एवं प्रतिष्ठित धामी समुहका सचिव हरिप्रशाद जोशी रहनु भएको थियो ।

विशिष्ट अतिथिमा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा (अपी), समाजसेवी नारायण सिंह भण्डारी लगायत, विद्यार्थी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको दिलेन्द्र ठगुन्नाले जानकारी दिए ।

sanke

पूर्व प्रधानाध्यापक जोशीले विद्यालयको सर्वाङ्गिण विकासको लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.