पितृसत्तात्मक सोचले गर्भमै मारिन् छन छोरी

ललित बोहरा/ बैतडी : पितृसत्तात्मकले सोचले गर्भमै मारिन् थालेको एक कार्यक्रमका सहभागीले बताएका छन् । जिल्लाको पाटन नगरपालिकाले आयोजना गरेको विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि पालिका स्तरिय कार्ययोजना र सरोकारवालाहरुको भूमीका सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

पाटन नगरपालिका वडा नम्बर ६ मा आयोजना गरेमा यहाँको पछिल्लो तथ्याङक समेत सरोकारवालाहरुलाई देखिएको छ । प्रस्तुत तथ्याङकमा छोराको तुलनामा छोरीको जन्मदर न्युन हुदै गएको देखाएको छ । जसको मुख्यकारण लिङ्ग पहिचान गरेर गरिने भ्रूण हत्याको संयुक्त राष्ट्र संघीय जनसंख्या कोष, नेपाल (UNFPA) जिल्ला कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए ।

अहिले पनि महिलाले छोरा नजन्माए घरपरिवार र समाजबाट अपहेलित हुनु पर्ने तथा तिरस्कृत बन्नुपर्ने बाध्यता हाम्रो समाजमा रहेको अधिकारकर्मी डम्बर भट्टले बताइन् ।

छोरो मोह कतिसम्म छ भने भारत लगेर समेत यहाँका महिलालाई गर्भपतन गराउन बाध्य बनाइने गरेको प्रति सहमागीहरुले चिन्ता ब्यक्त गरे ।

‘छोरो नभए समाजले अपुतो भन्छ । वंश जोगाउन पनि छोरो चाहिन्छ भन्छन्, पटक-पटक जँचाउँदा पनि गर्भमा छोरी देखिए गर्भपतन गराई हाल्छ एक स्वास्थ्यकर्मीले भने, ‘हामीले लिङग त भन्दै नौँ तर अन्य स्वास्थ्य संस्थामा पुग्छ जानकारी पाउछन् ,अनी छोरीलाई गर्भमै मारछन् ।’

पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिह महराले शिक्षित र हुने–खानेले बढी भ्रूण परीक्षण गर्ने र छोरी भए गर्भपतन गराउने गरिरहेको बताए । उनको भनाइमा, निरक्षर र गरीबलाई त न त्यसबारे जानकारी हुन्छ न आर्थिक क्षमताले धान्छ ।

छोरी गर्भमै मारिन् थालेपछि पछिल्ला समयमा छोराको संख्याको तुलनामा छोरीको जन्म कम भइरहेको प्रति सरोकारवालहरुले चिन्तीत बन्नु पर्ने उनको भनाई छ ।

‘तर, अलिकति शिक्षित भनेकाहरूले नै हो, भ्रूण पहिचान गरेर गर्भपतन गराउने । न्यून आर्थिक अवस्था भएका र निरक्षरले बरु ६र ७ वटा बच्चा जन्माउँछन् । उनीहरूलाई गर्भपतन गराउने बारेमा नै थाहा हुँदैन’ उनले भने ।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउनुको मुख्य कारण समाजको सोच रहेको अधिकारकर्मी भागरथी भण्डारीको धारणा छ । ‘गर्भमा छोरा वा छोरी भएकै कारण पतन गर्नु गैरकानूनी र असामाजिक कार्य हो’, भण्डारी भन्छिन्, ‘खासमा अधिकांश आमालाई नै छोराको मोह हुन्छ । पितृसत्तात्मक सोच यतिविघ्न हावी छ कि समाजलाई छोरा नभई भएको छैन । अनि आमाहरू पनि छोरा चाहन्छन् ।’

कानुनी रूपमा सुरक्षित गर्भपतनका सम्बन्धमा समाजलाई परामर्श दिनु जरूरी भएको छ । सरकारले आम व्यक्तिमा छोराछोरी समान रहेको जागरण फैलाउनुपर्ने शिक्षक बिरेन्द्र केसीको भनाई छ । ‘समाजका धेरै विषयसँग लैङ्गकि भेदभाव जोडिन्छ । कुल थाम्न, बुवाआमाको काजक्रिया र श्राद्घ गर्न छोरा नै चाहिने भन्ने संस्कारले समेत धेरैजसो दम्पती छोराको चाहना राख्छन् ।’ शिक्षक केसीले भने, अझै छोरीप्रति भेदभावपूर्ण बुझाइ, व्यवहार, संस्कृति, मूल्य र मान्यतामा छोरालाई बढी महत्व दिनुले छोरो–छोरीप्रतिको भेदभावलाई मलजल दिइरहेको छ ।

कानुनमा छोरा र छोरी बराबर भनिए पनि व्यवहारमा सम्पत्तिको रेखदेख छोराले नै गर्दै आएको उनले बताए। शिक्षक केसीले भने, ‘अझै पनि अंश र वंशको मान्यता छोरालाई नै दिइएकोले छोरीहरू गर्भमै मारिइरहेका छन् ।’

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।

गर्भपतनले कानुनी मान्यता पाएकै कारण पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या समाजमा बढ्दै गएको छ । तर लिंग पहिचान गरेर गर्भपतन गराउनु स्पष्टतः गैरकानुनी काम हो । तर छोरा जन्माउन रुचि राख्नेहरूले लिंग पहिचान गरेर छोरी भए गर्भपतन गराउने गर्दछन् । यसले लैंगिक विभेद तथा सामाजिक असन्तुलन बढाउने भएकाले सरकारले नियन्त्रणका लागि लिंग पहिचान गर्न निषेध गरेको हो ।

पाटन नगरपालिकाले संयुक्त राष्ट्र संघीय जनसंख्या कोष, नेपालको आर्थिक सहयोगमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि पालिका स्तरिय कार्ययोजना र सरोकारवालाहरुको भूमीका सम्बन्धी अभिमुखीकरण कार्यक्रम १० वटै वडामा गरिरहेको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.