एमाले बैतडीको अधिवेशन यही फागुन २८ र २९ गते हुने

बैतडी:

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बैतडीको अधिवेशन फागुन २८ र २९ गते हुने भएको छ । पुर्चौडीमा सम्पन्न एमाले जिल्ला कमिटिको पूर्ण बैठकले फागुन २८ र २९ गते १० औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । यो अधिवेशन पनि पाटनमै हुने छ । ९औँ अधिवेशन पनि पाटनमै भएको हो ।

फागुन १९ गते वडा तहबाटै प्रतनिधि छनौटको काम सुरु हुने एमालेले जनाएको छ । अधिवेशनको तयारीका लागि प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन लगायतका उप समितिहरु गठन गरिएको भण्डारीले बताए ।

नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा शुक्रबार जिल्लाको पुर्चाैडीमा सम्पन्न पूर्ण बैठकको प्रमुख अतिथि बैतडी इन्चार्ज निरु पाल प्रमुख अतिथि रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.