डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाका निर्वतमान अध्यक्ष कविन्द्र बिष्टले पाँच वटै वडा भित्र गाउँ तथा टोलका विकास आयोजना अनुगमन गरिरहेका छन् ।
उनले आफ्नो पाँच बर्षको कार्यकालमा सम्पन्न तथा निमार्णधिन योजनाको अवस्था तथा अहिले नवदुर्गा गाउँपालिकाले सञ्चालन गरिरहेका योजनाहरुको अनुगमन गरिहेको बताए ।
‘हामीले ५ बर्षमा बनाएका योजनको अवस्था तथा अहिले सञ्चालीत योजनाहरु अनुगमन गरिरहेका छौ, समस्या देखिए उपभोक्तहरु र नवदुर्गा सरकारलाई समेत हामी सचेत गराउछौँ, उनले भने, ‘ पाँच वटै वडाका योजना त्यो समयमा निमार्ण भएका मलाई थाहा छन् त्यही अनुसार अनुगमन गरिएको छु।’
आईतबार गाउँपालिका केन्द्रबाट टाढा रहेको वडा नम्बर ५ चामाचौडमा संचालित योजनाबाट अनुगमन अभियान सुरु गरेको वडा नम्बर ४ का अध्यक्ष पदम बिष्टले बताए ।
वडा नम्बर ५ मा एकीकृत दलित बस्ती योजना, टाँक थलागडा, खोडानेटा चौडचामा ढुङ्गाड सडक, खडाखोरी ठाटा लिफ्ट खानेपानी योजना , विद्यालय भवन लगायतका परियोजनाहरुको अनुगमन गरिएको उनले बताए ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेतरहेका बिष्टसहितको टिमले बुधबार तेस्रो दिन नवदुर्गा गाउँपालिका-३ डाडाबनमा निर्माणाधिन अस्पताल लगायतका नयाँ र पुरानो योजनाहरु अनुगमन गरेका छन् ।
बिहिबार डाडाबनमा निर्माणाधिन अस्पतालको अनुगमनमा उनले दुई बर्षमा एक पिल्लर समेत नठड्याइएकाे चिन्ता व्यक्त गरेको टिममा सहभागी वडा अध्यक्ष बिष्टले बताए। ।
ठेकेदारको लापरवाहीले अस्पताल भवन पुरानौ अवस्थामा रहेको निर्वतनमा अध्यक्ष बिष्टले बताए । अस्पताल अलपत्र छोड्ने ठेकेदारलाई गाउँपालिकाले ठेक्का रद्द लगायतका प्रक्रिया अगाडी बढाउनु पर्नेमा ठेकेदारको संरक्षण गरेको आरोप लगाए । गाउँपालिको गौरवको योजना अगाडी नबढनु दु:खद भएको उनको भनाई छ ।
डडेल्धुरमा निर्वतमान नगर प्रमुख तथा अध्यक्षले आफ्नो स्थानीय तह भित्रका सबै योजना अनुगमन गर्ने उनी पहिलो निर्वतमान अध्यक्ष हुन् ।