बैतडी भेट्रान ब्याडमिन्टन प्रतियोगिता: उपाधि सीडीओ र डीएसपीलाई

बैतडी: बैतडीमा सम्पन्न भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त शर्मा र प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीको जोडीले जितेको छ। जगन्नाथ ब्याडमिन्टन हल गढीमा मंगलबार सम्पन्न फाइनल भिडन्तमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठी र पाटन नगरपालिकामा कार्यरत बीरबहादुर खातीको जोडीलाई सोझो सेटमा पराजित गर्दै सीडीओ र डीएसपीको जोडीले उपाधि रक्षा गरेको हो।

दुबै सेटमा हाबी भएको सीडीओ र डीएसपीको जोडीले पहिलो सेट २१(१० र दोस्रो सेट २१-१५ को अंकले जित हात पर्यो। उपाधिसंगै सीडीओ र डीएसपीको जोडीले २ हजार ५ सय मेडल र प्रमाणपत्र पुरूस्कार पाएको प्रतियोगिता संयोजक तथा सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण पुजाराले जानकारी दिनुभयो। उपविजेता ठकुराठी र खातीको जोडीले १ हजार ५ सयमा चित्त बुझायो।

विजेता उपविजेतालाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले पुरस्कार वितरण गर्नुभयो। प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आयोजनामा प्रतियोगिता यही फागुन ६ गतेदेखि सञ्चालन हुने भएको थियो।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.