फागुन १६ देखी बैतडीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने

३ सय ६२ खोपकेन्द्र

फागुन १६ देखी बैतडीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने

ललित बोहरा/बैतडी : यही फागुन १६ देखी बैतडीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोपलाई असर पर्ने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए ।

‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित जिल्लाव्यापी रुपमा यो अभियान सुरु हुने लागेकाे हाे ।  जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यहि फागुन १६ देखि २१ गतेसम्म खोप अभियान संचालन हुने छ । भने दशरथचन्द नगरपालिका मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए ।

बैतडीमा ९ महिनादेखी ५ वर्ष उमेर समूहका २१ हजार ३ सउ २४ जना बालबालिकालाई खोप लगाइने बुधबार सदरमुकाममा आयोजीत जिल्ला स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य कार्यालय बैतडीले जानकारी गराएकाे हाे  ।

३ सय ६२ वटा खोपकेन्द्रमार्फत खोप लगाइने छ । खोप कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेवी  र स्वयंसेव परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । दादुरा- रुबेला खोपमा भने नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका मात्र सहभागी हुने छन्र ।

दादुरा- रुबेला यदी कुनै बालबालिकामा भएमा एक जनाले कम्तीमा पनि १८ जनालाई सङ्क्रमण गर्न सक्ने भएकाले समयमै खोप लगाउनु पर्ने चिकित्सकको भनाइ छ ।

दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ। बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन्।  सरकारी तथ्याकंअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत छन्।

के हो दादुरा–रुबेला रोग?
मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो। रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला।

चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, टेकुका रिसर्च संयोजक डा. शेरबहादुर पुन बताउँछन्।

दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ। त्यसैगरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ।तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखिने डा.पुन बताउँछन्। जस्तैः समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने।

डा. पुनकाअनुसार यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ। यससँगै चिकित्समको सल्लाहमा लक्षणअनुसार तत्काल उपचार गरिहाल्नुपर्छ।

कसरी सर्छ दादुरा
दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ।

दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन्। बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ।

कस्ता हुन्छन् लक्षण

दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो। संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ। यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ।

यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा देखापर्छन्। ती विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन्।

यी विमिरा ५, ६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन्। सामान्यतया उक्त रोगको जिवाणु शरीरमा प्रवेश गरेको ७ देखि १८ दिनभित्रमा लक्षण देखिन थाल्छ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.