लागूऔषधसहित बैतडीका एकजना कञ्चनपुरबाट पक्राउ परे

बैतडी :

लागूऔषधसहित बैतडीका एकजना कञ्चनपुरबाट पक्राउ परेका छन् । बैतडीको पाटन नगरपालिका ६ का २६ बर्षीय कमल भण्डारी बुधबार साँझ लागू औषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका भण्डारीलाई पुनर्वास नगरपालिका–११ डोकेबजारमा पक्राउ गरिएको हो । उनी १ ग्राम ७७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका भण्डारीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.