दशरथचन्दले पहिलो पटक स्थापना दिवस मनाउने, २४ गते सेवा बन्द

बैतडी:

बैतडीको दशरथचन्द नगरपालिकाले पहिलो पटक नगर स्थापना दिवस मनाउने तयारी गरेको छ । भोलि (शुक्रबार) औपचारिक कार्यक्रमको आयोजना गरेर नगर स्थापना दिवस मनाइने नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए ।

२०५३ साल चैत १४ गते सरकारले दशरथचन्द नगरपालिका स्थापना गर्ने निर्णय गरेको थियो २०५३ साल चैत २४ गते कार्यालय स्थापना भएको थियो । नगरपालिका स्थापनाको निर्णय भएको दिन चैत १४ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरिएको सूचना अधिकारी बिष्टले जानकारी दिए ।

नगरपालिकाको कार्यालय स्थापना भएको चैत २४ मा औपचारिक कार्यक्रम गरेर नगर स्थापना दिवस मनाइने बताइएको छ । नगर स्थापना दिवसको अवसरमा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको नगरपालिकाले जनाएको छ । २४ गते सेवा बन्द हुने सूचनामा उल्लेख छ ।

प्रथम नगर दिवसको अवसरमा विभिन्न सांस्कृति झाँकीहरु प्रस्तुत हुनेछन् भने नगरपालिकाको प्रतीक चिन्ह (लोगो) अनावरण गर्ने कार्यक्रम रहेको छ । यस्तै पूर्व नगर प्रमुखहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको सूचना अधिकारी बिष्टले बताए । उनले भने ‘प्रथम नगर स्थापना दिवसलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी पूरा भएको छ । गोठलापानी बसपार्कमा औपचारिक कार्यक्रम हुनेछ ।’

यसैबीच नगरस्थापना दिवसको पूर्व सन्ध्यामा आज गढीचोकदेखि गोठलापानी बसपार्क सम्म सडक सरसफाई गरिएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.