बैतडीमा दादुरा-रुबेला बिरुद्धको खोप अभियानको तयारी तिब्र, सबै स्थानीय तह र स्वास्थ्य संस्थामा गोष्ठी

ललित बोहरा/बैतडी : बैतडीमा दादुरा-रुबेला बिरुद्धको खोप अभियानको तयारी तिब्र पारिएको छ । बैतडीका १० वटै स्थानीय तहमा स्वास्थ्य शाखाले सरोकारवालाहरुको गोष्ठी गरिरहेको छन् । भने स्वास्थ्य चौकी तथा प्राथमीक स्वास्थ्य केन्द्रहरुमा समेत गोष्ठी गरिरहेका छन् ।

स्थानीयह तहमा पालिका खोप समन्वय समिति र वडामा वडास्तरिय खोप समितिका पदाधिकारी र सरोकारवाला प्रतिनिधिहरुलाई अभिमुखिकरण गोष्ठी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए ।

पाटन नगरपालिकाको स्वास्थ्य शाखाले पाटनमा गरेको पालिकास्तरिय अभिमुखिकरण गोष्ठीमा प्रमुख भट्टले अभियानको लक्ष्य प्राप्त गर्न तिव्र तयारी भइरहेको बताए ।

यही फागुन १६ गतेदेखि शुरु हुन गइरहेको दादुरा रुबेला विरुद्धको खोप अभियानको पूर्वसन्ध्यामा पालिका तथा वडामा अहिले खोप समन्वय समितिका पदाधिकारी र सरोकारवाला प्रतिनिधिहरु र महिला स्वंमसेवीकाहरुलाई अभिमुखिकरण भइरहेको उनले बताए ।

स्वास्थ्यकर्मीहरुले अहिले घरधुरी सर्वेक्षण गरिरहेका छन् । नियमित खोप तालिकामा खोप लगाउन छुटेकालाई खोप अभियानमा खोप लगाउन अहिले घर-घरमा स्वास्थ्यकर्मी पठाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बजारकाे क्षेत्रमा बढी समस्या देखीएकाले  बालबालिकाकाे खाेजी भइरहेकाे उनले बताए ।

यस्तै जिल्लाको केन्द्रमा मानिने पाटन नगरपालकाले पनि खोप समन्वय समितिका पदाधिकारी र सरोकारवाला प्रतिनिधिहरुसंको अभिमुखिकरण कार्यक्रम शुक्रबारसम्म गरेको स्वास्थ्य शाखाले जनाएको छ । यहाँको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले पनि वडा नम्बर ६ मा खोप समन्वय समितिका पदाधिकारी र सरोकारवाला प्रतिनिधिहरुसंको अभिमुखिकरण कार्यक्रम बिहीबार नै सम्पन्न गरेको इन्र्चाज प्रेम सागर भट्टले बताए ।

उनका अनुसार पाटन-६ का ६ खोप केन्द्रहरुमार्फत सेवा प्रदान गरिने छ । १६ गते लोर्खा, सुकेली, १७ गते पौडी, हिरापुर र १८ गते प्राथमिक स्वास्थ्य केन्द पाटनमा खोप दिइने उनले बताए ।

यता बैतडीको पाटन नगरपालिका ४ मा चार ठाउँमा दादुरा –रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । बिहीबार खोप अभियानका बिषयमा वडास्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरुसंग गरिएको छलफलमा यो जानकारी दिइएको हो ।

पाटन नगरपालिकामा फागुन १६ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । पाटन नगरपालिका-४ मा फागुन १६ गते कुँडी प्रसुती केन्द्रमा, फागुन १७ गते चिल्लेपानी प्रसुती केन्द्रमा, फागुन १८ गते जेउडे खोप केन्द्र र फगुन १९ गते भुमेश्वर स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन हुने भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले जानकारी दिए ।

दादुरा–रुबेला खोप अभियानालाई प्रभावकारी बनाउनका लागि आयोजना गरिएको अन्तरक्रियामा पाटन नगरपालिका-४ का वडा अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

उता पाटन नगरपालिका-९ मा दादुरा रुबेला खोप अभियान प्रभावकारीरुपमा संचालन गर्नको लागि सरोकारवाला प्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।
यही फागुन १६ गतेदेखि शुरु हुन गइरहेको दादुरा रुबेला विरुद्धको खोप अभियानको पूर्वसन्ध्यामा शुक्रबार वडास्तरीय खोप समन्वय समितिका पदाधिकारी र सरोकारवाला प्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो ।

कार्यबाहक वडा अध्यक्ष शंकर दत्त भट्टको सभाध्यक्षतामा सम्पन्न अभिमुखिकरण गोष्ठी कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट रहनु भएको थियो ।

यस्तै बैतडीको पाटन नगरपालिका–८ को सिद्धेश्वर स्वास्थ्यचौकीले दादुरा –रुबेला खोप अभियान सम्बन्धी अन्तरक्रिया गरेको छ । शुक्रबार स्वास्थ्यचौकी भवन खोड्पे डास्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया गरेको हो ।

पाटन नगरपालिकामा फागुन १६ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । वडा नम्बर ८ का ४ ओटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेका प्रमुख विरबहादुर खातीले जानकारी दिनुभयो ।

यहि फागुन १६ गते हरिचन खोप केन्द्र, १७ गते आरुबाटा खोप केन्द्रमा , फागुन १८ गते विजयपुर खोप केन्द्रमा र १९ गते स्वास्थ्य चौकी भवन खोडपेमा बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने उनले बताए ।

अभियानका लागि बैतडीमा ३ सय बढी स्वास्थ्यकमी र ७ सय बढी स्वंमसेवक कर्मचारी खटिने छ भने जनप्रतिनिधी र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधीहरुले अनुगमन गर्ने छन् ।

 

 

us dintal patan
Leave A Reply

Your email address will not be published.