बैतडीः कृष्ण र ज्ञानेश्वर माविमा मुटुरोग सर्बेक्षण शिविर सञ्चालन हुदै

बैतडी : बैतडीको पाटन नगरपालिकाका दुई बिद्यालयमा मुटुरोग सर्बेक्षण शिविरको आयोजना गरिने भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महराजगञ्ज काठमाण्डौको आयोजनामा यही फागुन १५ गते ज्ञानेश्वर नमुना मावि र १६ गते कृष्ण मावि पाटन नगरपालिका ६ मा मुटुरोग सर्बेक्षण शिविर सञ्चालन हुन गइरहेको हो ।

मुटुरोग विशेषज्ञहरुबाट कक्षा १ देखी ९ सम्मका अध्ययन गर्ने ४ वर्षदेखि १८ वर्ष उमेर समुहका बिद्यार्थीहरुको मुटुको जाँच, मुटुको भिडियो एक्सरे परीक्षण गरिने र बालबालिकाहरुमा मुटुरोग भए नभएको पत्ता लगाइने मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महराजगञ्ज काठमाण्डौले जनाएको छ।

बालबालिकामा विषेशगरी जन्मजात मुटुको रोग भएमा सुरुवाती तवरमा पत्ता लगाई उपचार गरी निको हुने चिकित्सकहरु बताउछन् ।

सरकारको निति अनुसार विद्यालय छनौट गरी मुटुरोग सर्बेक्षण शिविरको आयोजना हुन लागेको हो । मुटुरोग विशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क जाँच हुन लागेको हो । सूचना अनुसार बालबालिका आमाहरु पनि बिद्यालयमा उपस्थीत हुनुपर्ने छ ।

सूचना

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!