बैतडीमा ‘उदयदेव प्रिमियर लिग’ टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने

बैतडी:

बैतडीमा खुल्ला पुरुष पाटन नगरस्तरीय उदयदेव प्रिमियर लिग’ टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको पाटन नगरपालिका ६ मा उदयदेव प्रिमियर लिग’ टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

चैत्र २७ गतेदेखि बैशाख १२ गतेभित्र आयोजना गरिने निर्णय गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष बिकास बिष्टले बताए ।

पाटन क्षेत्रको प्रशिद्ध धार्मीक तथा पर्यटीयक स्थलको रुपमा रहेको उदयदेव मन्दिरमा पर्यटन प्रवद्र्धनको विकास गर्ने उदेश्यसँगै यस प्रतियोगिताको नाम पनि ‘उदयदेव प्रिमियर लिग’ राखिएको क्लबका सचिव सन्तोष जोशीले जानकारी दिए ।

खेलकुदको विकाससँगै यहाँका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उदेश्य राखिएको सचिव जोशीको भनाई छ ।

प्रतियोगितामा पाटन नगरपालिका भित्रकै टिमले सहभागिता जनाउने पाउने क्लबले जनाएको छ । नगरपालिका भित्रका सार्बजनिक संस्था, समिति, क्लबले जुनसुकै उमेर समुहका खेलाडी सामेल गरी प्रतियोगितामा सहभागिता जनाउने पाउने आयोजकले जनाएको छ । बैठकबाट पुरस्कार राशी घोषणा गरिने क्लबका अध्यक्ष बिष्टले जानकारी बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.