बैतडी : बैतडीको पाटन नगरपालिका-१ स्थित सिद्धेश्वर मावि मेल्चौराको ५९ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सनिबार सम्पन्न भएको गरिएको छ । स्थापना भएको दिनलाई बिद्यालयले हरेक बर्ष उत्वसकै रुपमा बनाउने गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत रावलको अध्यक्षतामा भएकोमा सम्पन्न बार्षिकोत्सव समारोहमा भुमी आयोग बैतडी अध्यक्ष धर्मसिह ऐर कपी प्रमुख अतिथी रहेका थिए । भने विशिष्ट अतिथी वडा अध्यक्ष तथा वडास्तिय शिक्षा समिती अध्यक्ष तर्कसिह ठगुन्ना रहेक थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक प्रकाश लुहारले बिद्यालयको आयव्यय विवरण प्रस्तुत गरेका थिए । बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्रा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयको विकासमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ ।
समारोहमा बिद्यालय स्थापनामा योग्दान गर्नु हुने व्यक्तिका परिवार र भूतपूर्व शिक्षक तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्षहरुलाई सम्मान गरिएको बिद्यालले जनाएको छ ।