बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर एकमा तालाबन्दी

बैतडी:

बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए ।

समितिले वडा नम्बर १ का स्थानियहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।

suv

उनीहरुले फागुन ८ गते बिहानै देखी दुदिलाखान– गाँजरी र बिन्द्रावन– वडा कार्यालय जोड्ने सडक पुर्ण अवरुद्ध पारेका छन् ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.