बैतडी: बैतडीको पाटन नगरपालिका-२ मा चार ठाउँमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।
आईतबार खोप अभियानका बिषयमा वडास्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरुसंग गरिएको छलफलमा जानकारी दिइएको हो ।
पाटन नगरपालिकामा फागुन १६ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । दादुरा–रुबेला खोप अभियानालाई प्रभावकारी बनाउनका लागि आयोजना गरिएको अन्तरक्रियामा पाटन नगरपालिका वडा नं २ का वडा अध्यक्ष महेश पन्तको अध्यक्षतामा वडा स्तरिय खोप समन्वय समिति लगायत, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक,तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।