बैतडी : कबड्डी संघ डडेल्धुराले १५ दिने खेलकुद प्रशिक्षक तालिम दिने भएको छ ।
डडेल्धुराको टुडिखेलमा अगामी बैशाख दुई गतेदेखी १७ गतेसम्म तालिम सञ्चालन हुनेछ । खेलकुद क्षेत्रको विकास तथा विस्तार गर्ने तथा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले जिल्ला खेलकुद समितिसंगको सहकार्यमा तालिम आयोजना गर्ने लागिएको संघका अध्यक्ष करन साउँदले बताए ।
आधारभुत तहको खेलकुद प्रशिक्षक तालिम दिइहने भएकाले ३५ दिन भित्र व्यक्ती संस्था वा स्थानीय तहलाई सम्र्पक गर्न सकिने सूचनामार्फत जनाएको छ । कक्षा १२ उतीर्ण गरेको जुनसुकै व्यक्तीले पनि ७ हजार ५ सय भुक्तानी गरेर तालिम लिन पाउने अध्यक्ष साउँदले बताए ।
खेलकुद प्रशिक्षक तालिमा एथलेटिक्स, भलिबल र कबड्डी समावेश हुने छन् । प्रदेशस्तरबाट दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य तालिमको आयोजना गरिएको
राष्ट्रिय तथा प्रदेशस्तरिय प्रशिक्षकले तालिम दिने छन् ।