बैतडीमा ट्रकसहित भन्सार छलीका सामग्री बरामद

 

बैतडी:

बैतडीमा प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । जिल्लाको मेलौली नगरपालिका-३ लामालेकमा भन्सार छलीका सामग्रीसहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौलीबाट पाटनतर्फ आइरहेको से १ ख २०१४ नम्बरको ट्रकमा चेकजाँच गर्दा भन्सार छलीका सामग्री बरामद गरिएको उनले बताए

बिशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले चार लाख ८ हजार ४ सय ४० रुपैयाँ बराबरको भन्सार छलीको सामग्री र १५ लाख रुपैयाँ बराबरको ट्रकसहित १९ लाख ८ हजार ४ सय ४० रुपैयाँ बराबरको सामग्री बरामद गरेको जनाएको छ ।

बुधबार बिहान ३ बजेको समयमा उक्त सामग्री, ट्रक र ट्रक चालक पाटन नगरपालिका ८ का ४५ बर्षीय गणेश मडैलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक जोशीले बताए

भन्सार छलीको सामग्रीसहितको ट्रकलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.