छैठौं डडेल्धुरा महोत्सव सुरु, प्रदेश प्रमुख जोशीले गरे उद्घाटन

ds new

ललित बोहरा/डडेल्धुरा : छैठौं डडेल्धुरा महोत्सव–२०८०’ बिहीबारबाट सुरु भएको छ ।

‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला तथा महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा सञ्चालनमा रहने छ ।

यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक महताले बताए ।

us dintal patan

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने उनले बताए । डडेल्धुरा उद्योग वाणिज्य संघले हरेक बर्ष कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला आयोजना गर्दै आएको छ ।
मेलामा स्थानीय परिकार, रहनसहन तथा भेषभुसा र व्यवसायीक प्रायोजक स्टलहरु राखिएका छन् ।

 

Leave A Reply

Your email address will not be published.