सुर्नया पुल छिटो निमार्ण गर्ने ठेकेदारको प्रतिबद्धतापछि ठेक्का रद्द प्रक्रिया रोकियो

ललित बोहरा, पाटन/ बैतडी :  बैतडीको सुर्नयागाडमा मोटरेबल पुल छिटो निमार्ण गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धतापछि ठेक्का रद्द प्रक्रिया रोकिएको छ ।

जिल्लाको पाटन नगरपालिका-६ मा पर्ने पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नयामा निर्माणधीन मोटरेबल पुल बैशाखमा सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

पुल १० वर्षदेखि अलपत्र जस्तै रहेको पुल निमार्ण सम्पन्न गर्न सक्ने आधारसहित प्रतिबद्धता पत्र माग गरे अनुसार जवाफ सडक डिभिजन कार्यालय पाटन बैतडीलाई पठाएको छ ।

पटक पटक म्याद थप गर्दा पनि निमार्ण व्यवसायीलाई लिखित तथा मौखिक निर्देशनमार्फत जानकारी गर्दा समेत लामो समयसम्म निमार्ण कार्य गर्न कुनै चासो नदेखाएकाले सूचना प्रकाशित भएको १५ दिन भित्र कार्य सम्पन्न हुन नसकेको र कार्य सम्पन्न गर्ने संशोधित कार्य तालिका स्रोत परिचालनको भरपर्दो योजना कार्य सम्पन्न गर्ने प्रतिब्द्धतासहित माग गरको थियो ।

सो अनुसार अधिकारिक ठेकेदारले कार्यालयलाई इमेलमार्फत पत्र पठाएको सडक डिभिजन कार्यालय पाटनले जनाएको छ ।
‘१५ दिने सूचना अनुसार कागजपत्र मेल गरेको छ, ‘बैसाख मसान्तसम्म निमार्ण सक्ने प्रतिबद्धता आएको छ, सूचना अधिकारी इन्जीनियर असिम रसाईलीले भने, ‘अहिले रद्द प्रक्रिया रोकियो। बैशाख मसान्तमा सकिएर ठेक्का रद्द प्रक्रिया अगाडी बढ्छ।’

यदि १५ दिनभित्र काम सुरु गर्ने तयारी नदेखिएमा सार्वजनीक खरिद ऐन २०६३ तथा सार्वजनीक खरिद निमावाली २०६४ अनुसार ठेक्का रद्द हुने भएपछि निमार्ण कम्पनीले पत्रको जवाफ दिएको छ ।

ठेक्का सम्झैता अन्त्य गरि कालोसूचि राख्ने तथा कार्यसम्पादन जमानत, अग्रीम भूक्तानी बैंक जमानत, धरौटी मार्फतको रकम जफत गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च निमार्णस्थल सुरक्षामा लाग्ने खर्च समेत सरकारी बाँकी सरह मानी असुल उपर गर्ने प्रक्रियाको डरले निमार्ण कम्पनीले योजना कार्य सम्पन्न गर्ने प्रतिब्द्धता पठाएको छ तर यो भर पर्दो जवाफ छैन् ।
पुलको अधिकार काम सकिएकाले बैशाखमा काम सम्पन्न गर्ने निमार्ण कम्पनीका बैतडी प्रतिनिधी निमार्ण व्यवसायी संघका सुदुरपश्चिम उपाध्यक्ष मदन बिष्टले बताए । उनले दुई चार दिनमा समाग्री आइरहेकाले रोकिएको काम सुरु हुने इन्फो समाचारलाई बताए ।
बैतडीको पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको हो ।
सुर्नया नदीमा २०७१ सालमा पुल निर्माण शुरू भएको थियो । पचास मिटर लामो उक्त पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सूचना अधिकारी इन्जीनियर रसाईलीले बताए ।

गोइडाखोला पुल पनि बैसाखमा सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धतापछि ठेक्का रद्द प्रक्रिया रोकियाे

बैतडीको तल्लो स्वराडको मुख्य सडक पाटन-पञ्चेश्वर सडकमा पर्ने गोइडाखोला पुल बैसाखमा सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धतापछि ठेक्का रद्द प्रक्रिया रोकिएको छ ।

पुलको जग्गा र स्टमेट लगायतका बिषयमा समस्या भएकाले छलफल गरी अगाडी बढने निमार्ण कम्पनीका बैतडी प्रतिनिधी निमार्ण व्यवसायी संघका सुदुरपश्चिम उपाध्यक्ष बिष्टले बताए । उनले सकारी पक्षबाट केही समस्या भएकाले समाधान नभए पुल निमार्ण प्रक्रिया अगाडी नबढने उनले बताए ।

पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावलको पत्रलाई आधार बनाएर उनले विवाद सामाधान नभई निमार्ण प्रक्रिया अगाडी बढाए स्थानीय आन्दोलीत हुने तिर आफु सचेत रहेको बिष्टले बताए ।
सडक डिभिजन कार्यालय बैतडी डिभिजन प्रमुख ई.मुकुन्द प्रसाद लामिछानेले भने पुल निमार्णमा कुनै विवाद नरहेको बताए । उनले पुल निमार्ण भएपछि घुम्ती बनाउन केही विवाद आउने नगर प्रमुखको पत्र अनुसार देखिन्छ तर अहिले नै पुल बनाउन विवाद देखिदै स्टमेटमा केही विवाद छैन्।

स्थानीयको जग्गा क्षती हुन नदिन सडक कार्यालयलाई आफुले पत्र पठाएको र त्यसको गलत ब्याख्या गरिएको नगर प्रमुख रावलले बताए । उनले भने, ‘मैले पुलमा विवाद छ काम नगर्नुस भनेको हैन पुल बनाउदाँ स्थानीयको नहर तथा घर भत्कीने बिषयलाई उठाएको हो ।’

पुल निमार्णमा विवाद भएकाले रोक्न नगर प्रमुख रावलले सडक कार्यालयलाई पत्र लेखेरको विषय विवादीत बनेको थियो ।
यो पुल निमार्णका लागि तल्लो स्वराडका तीन स्थानीय तह प्रमुखहरु आन्दोलन गर्ने तयारीमा छन् ।

एक औपचारीक कार्यक्रममा पञ्चेश्वर गाउँपलिका अध्यक्ष गोरख बहादुर चन्दले भने, ‘पाटनले तल्लो स्वराडको विकास रोक्न पाउदैन् । यसरी रोक्ने पत्र आउछन् तथा संसाद तथा जनप्रतिनिधीले चासो दिदैन भने अब तल्लोस्वराडका जनता, राजनितीक दल, जनप्रतिनिधी आन्दोलन गर्न बाध्य हुन्छन्।,

 

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.