अतिक्रमण भएको सरकारी तथा सार्वजनिक जग्गा खोज्दै प्रशासन कार्यालय बैतडी

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडी अतिक्रमण भएको सरकारी तथा सार्वजनिक जग्गा खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले डिभिजन वन कार्यालयसमक्ष जिल्लामा वन अतिक्रमण गरी संरचना बनेको विवरण पेश गर्न भनेको छ ।

डिविभजन वन कार्यालय बैतडीलाई परिपत्र गर्दै प्रशासनले सरकारी जग्गा तथा सार्वजनिक जग्गाहरुमा नियमविपरित निर्माण गरेका संरचना, एवं अतिक्रमण गरिएका जग्गाको विवरणको माग भएकाले उक्त किसिमका संरचना भए नभएका विवरण साथै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भए सोको विवरण समेत पठाउन भनिएको हो ।

जिल्लाका बिभिन्न ठाउँहरुमा वन तथा सार्बजनिक जमिन अतिक्रमण गरी घर टहरा बनेको पाइएपछि यसको पूर्ण विवरण माग गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । जिल्लाको सडक छेउछाउमा तथा मन्दीरको परिपरि समेत नियमविपरित ेघर टहरहरु निमार्ण भएका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.