बैतडी: बैतडीको पाटनमा प्रथम नगरस्तरीय नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा नमुना मेयर-उपमेयर छनोट गरेको छ । प्रशिक्षण सहभागीहरु मध्ये निर्वाचनका माध्येमबाट नमुना नगर प्रमुख र उपप्रमुख छनोट गरिएको प्रशिक्षक भरत मल्लले बताए ।
२५ जना मतदातामा १६ मत प्राप्त गरेर सञ्जु भण्डारी मेयर र ११ मत प्राप्त गरेर निर्मला बिष्ट उपमेयर भएकी छन् । नमुना नगर सभा संञ्चालनका लागि आवश्यक पर्ने सदस्यहरु समेत छनोट गरिएको आयोजनाक बैतडी युवा समाजका महासचीव दिपेन्द्र भट्टले जानकारी दिए ।
शुक्रबार बजेट निमार्ण प्रक्रिया लगायतका बिषयमा समितिहरुमा छलफल हुने छ भने शनिबार नगर सभा आयोजना गरिने छ । जसमा पाटन नगरपालिका नगर प्रमुख तथा उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।
युवाहरूको क्षमता अभिवृद्धि गरि स्थानीय सरकार संचालनका बारेमा हुने अभ्यास तथा प्रक्रियाका बारेमा युवाहरूमा प्रशिक्षण प्रदान गरिने आयोजक बैतडी युवा समाजका महासचीव भट्टले जानकारी दिए ।
१० वटै वडाबाट सहभागि युवा प्रतिनिधिहरुलाई स्थानीय सरकारमा नगर कार्यपालिका, नगर सभा, बजेट निर्माण तथा कार्यान्वयनका प्रक्रियाका बारेमा जानकारी तथा प्रशिक्षण प्रदान गरिने छ ।