डडेल्धुरामा सुन चोरी: रौतहटबाट दुई जनालाई पक्राउ

रौतहट :  डडेल्धुरामा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ । डडेल्धुरामा सुन चोरी गरी फरार रहेका दुवै जनालाई रौतहटको चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुरमा बाटोमा हिँडिरहेको अवस्थामा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबी नगरपालिका ४ बस्ने ४४ वर्षीय शंकर विश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।

पक्राउ परेका दुवै जना आरोपीलाई डडेल्धुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए । डडेलधुराबाट आएका इन्स्पेक्टर नायकका अनुसार डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-५ स्थित विजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राति ९ बजे २० ग्राम सुन चोरी भएको थियो। अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो। घटनाबारे अर्का आरोपी सुरेन्द्र विश्वकर्मा लाई पूर्ण जानकारी रहेको थियो।

तर उनले प्रहरीलाई असहयोग गरेको कारण दुवैजनालाई पक्राउ गरिएको इन्स्पेक्टर नायकले जानकारी दिए । दुवै जनालाई डडेलधुरामा आवश्यक कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!