स्वर्गेनी पिपल धाममा कृषि प्रदर्शनी मेला

बैतडी: महाशिवरात्रीको अवसरमा बैतडीको प्रशिद्ध स्वर्गेनी पिपल धाममा कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । पाटन भ्याली क्रिकेट क्लवको पहल तथा पाटन नगरपालिका वडा नं ६ को सहयोगमा शुक्रबार महाशिवरात्री पर्वका दिन स्वर्गेनी पिपल धाममामा कृषि प्रदर्शनी मेला सम्पन्न गरेको आयोजकले जनाएको छ ।
पाटन नगरपालिका( ६ को सहयोगमा कृषि उपजको प्रदर्शनी हुने पाटन भ्याली क्रिकेट क्लवका सचिव सन्तोश जोशीले जानकारी दिए ।

पाटन नगरपालिका नगरप्रमुख कमल सिह बोहरा (अपी) वडा नम्बर ६ वडाध्यक्ष राजेन्द्र बिष्ट,  र वडा नम्बर २ वडाध्यक्ष महेश पन्त लगायतको मेलामा सहभागीता रहेको थियो ।

महाशिवरात्री दिन यहाँ शिवरात्री मेला लागेको छ ।

Leave A Reply

Your email address will not be published.