अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा बैतडीको खोड्पे भव्य कार्यक्रम

ललित बोहरा/बैतडी :  ११४औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा बैतडीको पाटन नगरपालिका वडा नमबर ८ मा खोड्पेमा भव्य कार्यक्रम गरि मनाईदै छ ।

खोड्पे बजारबाट र्याली सहित सिद्धदिप आधारभुत विद्यालयमा कार्यक्रमको आयोजना गरिएको पाटन नगरपालिकाले जनाएको छ ।

महिला देउडा र सडक नाटक कार्यक्रम भइरहेको वडा नम्बर ८ का वडा अध्यक्ष हरिष बिष्टले बताए ।

suv

महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । सोही अवसरमा kपाटन नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

यसवर्ष ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

यस दिवसको अवसरमा महिला अधिकारका लागि स्थापित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, राजनीतिक दल, महिला समूहलगायतले संगठित रुपमा विभिन्न खालका सचेतनामूलक एवम् सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.