२२ अपहेलीत गाउँका नाम परिर्वतन गरी बोर्ड लगाउँदै पाटन नगरपालिका

बैतडी:

बैतडीको पाटन नगरपालिकाले २२ अपहेलीत गाउँ तथा बस्तीका नाम परिर्वतन गरी बोर्ड लगाउन थालेको छ । नगरपालिकाले गाउँ तथा बस्तीमै गाउँ सभाको आयोजना गरेर गत बर्ष टोलका २२ अपहेलित गाउँका नाम परिवर्तन गरेको थियो ।

विभिन्न जातजाती र समुदाय,  धर्म, सम्प्रदाय विशेषलाई होच्याउने गरेर राखिएका गाउँ बस्तीको नाम परिवर्तन गर्दै नयाँ नाम राखिएको हो । नगरपालिकाभरीका २२ ओटा अपहेलित नाम गाउँहरुको नाम परिवर्तन गरेर गाउँमो बोर्ड लगाउन थालिएको नगर उपप्रमुख कमलसिंह बोहरा अपीले जानकारी दिए ।

नाम परिवर्तन गरिएका सबै टोलहरुमा नगरपालिकाकातर्फबाट बोर्ड लगाउने उनले बताए । सरकारी कामकाजमा समेत नयाँ नाम प्रयोग गर्नका लागि नगरपालिकाले निर्णय गरिसकेको छ । सोही निर्णय अनुसार सरकारी कामकाजहरुमा नयाँ नाम समावेश गरिने उपप्रमुख बोहराले जानकारी दिए ।

बोर्ड लगाएपछि गाउँमा बोलीचालीको भाषामा समेत परिर्वतन ल्याउन सहज हुने नगरपालिकाले अपेक्षा राखेको नगर प्रमुख गौरी सिह रावलले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.