पाटन नगरपालिका-४ मा आयोजीत भलिबलको उपाधि भुमेश्वर युवा क्लबलाई

बैतडी: बैतडीको पाटन नगरपालिका-४ भुमेश्वर सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजक भुमेश्वर युवा क्लबले हात पारेको छ ।

फाइनलमा पाटन युवा क्लबलाई पराजित गर्दै भुमेश्वर युवा क्लबले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा दोश्रो भएको पाटन युवा क्लबले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्यो ।

बुधबारदेखि सञ्चालन भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।

भुमेश्वर युवा क्लबका अध्यक्ष अमरप्रसाद भट्टको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए ।

स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने र नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोग र भुमेश्वर युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.