पाटनमा जारी नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न

बैतडी : बैतडीको पाटन नगरपालिकामा जारी नगरस्तरीय नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको कार्यक्रम

नमुना नगरसभाको आयोजना गर्दै सकिएको हो ।

नमुना नगरसभाका लागि मेयरको रुपमा सन्जु भण्डारी, उपमेयर निर्मला बिष्टले निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गरेको थिए । पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावल, उपप्रमुख कमल सिह बोहरा र वडा अध्यक्षहरु सहभागी गराएर नमुना नगरसभामा बजेट र निती तथा कार्यक्रम र पाटन नगरपालिका भित्रका समस्याबारे छलफल गरिएको छ ।

छलफलमा भाग लिने नमुना नगर सभा सदस्यले शिक्षा, स्वास्थ्य, कृषी, युवा रोजगारका बिषयलाई प्रमुख प्राथमिकता दिएर छलफल गरेका प्रशिक्षक भरत मल्लले बताए ।

नगर सभा संचालन तथा बजेट निमार्ण प्रक्रिया लगायतका बिषय नयाँ अनुभव लिएको सहभागी अनील भट्टराईले बताए ।

कार्यक्रमबाट सिकेको बिषय बस्तुहरुलाई सकरात्मक ढंगबाट लागु गर्ने सहभागीहरुले जनाएका छन् ।

युवाहरुको अभिवृद्धि गरि स्थानीय सरकार संचालनका बारेमा हुने अभ्यास तथा प्रक्रियाका बारेमा प्रशिक्षण प्रदान गरिएको आयोजक बैतडी युवा समाजले जनाएको छ ।

१० वटै वडाबाट सहभागि युवा प्रतिनिधिहरुलाई स्थानीय सरकारमा नगर कार्यपालिका, नगर सभा, बजेट निर्माण तथा कार्यान्वयनका प्रक्रियाका बारेमा जानकारी तथा प्रशिक्षण प्रदान गरिएको छ ।प्रशिक्षणका लागि पाटन नगरपालिका, युवालय, अक्सफाम, राष्ट्रिय युवा परिषद्, नगर युवा संञ्जाल तथा क्लबले सहकार्य गरेको आयोजकले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.