एमाले जिल्ला अधिवेशनकाे तयारी तिव्रः बरिष्ठ उपाध्यक्ष पोखरेल बैतडी आउने

ललित बोहरा/ बैतडी : एमाले बैतडी जिल्ला अधिवेशनकाे तयारी तिव्र बनाइएको छ । जसका लागि जिल्ला, प्रदेश तथा केन्द्रीय स्तरका नेताहरु पाटन पुग्न थालेका छन्।

यहि फाल्गुन २८ र २९ गते भब्यताका साथ सम्पन्न गर्न अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले बैतडीका सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख लोकेन्द भण्डारीले बताए ।

अधिवेशनका उद्घाटन समारोहको प्रमुख अतिथिका लागि केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी आउने कार्यक्रमतय भएको एमाले जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले बताए ।

suv

अधिवेशनका लागि एमाले केन्द्रीय उपाध्यक्ष पोखरेल, केन्द्रीय सदस्य तथा मन्त्री दामोदर भण्डारी लगायतका नेताहरु आईतबार बैतडीको पाटन पुग्ने कार्यक्रम रहेको उपसचिव भण्डारीले बताए । एमाले बैतडी अध्यक्षका लागि ६ जनाको दाबी रहेको छ ।

अध्यक्षका लागी नरेश बि.क, नरेन्द्र बिष्ट, पार्टी उपसचिव समेत रहेका लोकेन्द्र भण्डारी, अनेरास्वबियूका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरी, नेता हजारी साउँद र हर्क धानुकको दाबी रहेको छ ।

एमालेका निबर्तमान सुदुरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य तदामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन बिपरित नहुने भएका कारण सकेसम्म सहमतीबाटै अध्यक्ष छनोट गर्नु पर्नेमा नेताहरु सक्रिय छन् । जिल्ला भरीबाट ६ सय प्रतिनिधीहरु छनोट भएका छन् ।

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.