उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडीमा, पाटन नगरपालिकाद्धारा स्वागत

बैतडी :

उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी पुगेका छन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका हुन् । मन्त्री भण्डारी आइतबार दिउँसो गृह जिल्ला बैतडी आइपुगेका एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

sanke

मन्त्रीमा नियुक्त पछि पहिलो पटक गृह नगर पाटन पुगेका भण्डारीलाई पाटनमा स्वागत गरिएको छ । पाटनमा मन्त्री भण्डारीलाई नगरपालिकाका जनप्रतिनिधि कर्मचारी लगायतका नेता कार्यकर्ताहरुले स्वागत गरेका हुन् । भोलिदेखि शुरु हुने एमाले बैतडीको नवौं जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी गृह जिल्ला आएका हुन् ।

उनले गृह जिल्लामा सहमतिमै पार्टीको नेतृत्व चयनका लागि पहल गर्नेछन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आजै पार्टीका नेताहरुसंग अधिवेशनका बिषयमा छलफल गर्ने तयारी छ ।

Leave A Reply

Your email address will not be published.