बैतडी: नेकपा एमाले बैतडीको अध्यक्षमा युवा नेता लोकेन्द्र भण्डारी उम्मेदवार हुने भएका छन् । भोली उद्घाटन हुने अधिवेशनमा आफुले अध्यक्षकाे दाबेदार रहेकाे उनले बताए । नेकपा एमाले बैतडीका उपसचिव समेत रहेका भण्डारीले अध्यक्षकाे दाबेदार भएपनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने जनाए ।
एमालेको निति अनुसार जनप्रतिनिधीले पदाधिकारी हुन नपाउने भएपछि अहिलेको नेकपा एमाले बैतडीको कमिटी भित्रका अध्यक्ष सुरेन्द्र पाल संसाद छन् भने सचिव चक्र कार्की दोगडाकेदार गाउँपालिका अध्यक्ष छन् । अध्यक्ष र सचिव फेरी पदाधीकारीमा आउन नमिल्ने भएपछि उपसचिव भण्डारीले अध्यक्ष दाबी गर्नु स्वाभाविक भएको एमाले नेताहरु बताउछन् ।
एमाले बैतडी अध्यक्षका लागि अधिवेशनबाट अध्यक्ष बन्नका लागि आधा दर्जनले इच्छा प्रकट गरेका छन्। जसमध्ये युवा तथा विद्यार्थी नेता एवं अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीले पनि दाबी रहेका बताएका छन् । नरेन्द्र बिष्ट, नरेश कुमार विक, हर्क धानुक र हजारी साउँद लगायतले पनि अध्यक्षमा आकांक्षा देखाएको बताइन्छ।
अधिवेशनको उद्घाटनका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी पुगिसकेका छन्। अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन्।