प्रहरी लगाएर खुल्यो डेढ वर्षपछि विद्यालयको ताला, निमार्णकर्ताको विचली

बैतडी:  बैतडीको एक बिद्यालयको ताला डेढ बर्षपछि प्रहरी लगाएर खोलेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका १ मा रहेको गडदेव आधारभूत विद्यालयको ताला खुलेको छ । जनप्रतिनिधी, प्रहरी र स्थानीयको रहोवरमा ताला खोलेको गाउँपालिका अध्यक्ष गोरख चन्दले बताए । पालिकाले ५८ लाख दिने सहमती भएको बताए ।

पहिरोले विद्यालय भवन बगाएपछि गाउँपालिको नयाँ बनाएको थियो । गाउँपालिकाले २०७८/०७९ मा विद्यालय व्यवस्थापनसंग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो । उक्त भवन निर्माणको जिम्मा पाएका लेखासमिती संयोजक केशव सिंह घटालले ६७ लाख लागत लागेको भवनको भुक्तानी नपाएको भन्दै बिद्यालयलाई भवन हस्तातरण गरेको थिएन् ।

गाउँपालिकाले पुर्ण भुक्तानी नगरे भवन हस्तातरण नगर्ने वडा अध्यक्षसहितले समेत निमर्ण गरेको देखिएको छ ।  बिद्यालयमा ताला लगाएको नभएर बिद्यालय हस्तातरण नगरेको निमार्णकर्ताको भनाई छ ।

गाउँपालिकाले प्राविधिक मुल्यांकन अनुसारको रकम भुक्तानी दिने भनेपछि ताला खोलिएको बताइएको छ । गाउँपालिकाले ५८ लाख लागत लागेको भन्दै सोही अनुसारको विल उठाएको छ । तर यो पनि अबैध छ । कानुन अनुसार उनलाई सझैता बाहेको भूक्तानी दिन मिल्दैन् ।


निमार्णकताको विचली
निमार्णकता तथा बिद्यालयको लेखा समिती संयोजक केशव सिंह घटालको भुक्तानी नभएपछि विचली भएको छ । निमार्ण गर्ने समयमा भवन अधुरो रहने भएकाले गाउँपालिकाले भुक्तानी दिने भनेपछि पुर्ण निमार्ण गरेको र अहिले भूक्तानी नलिने भनेकोले आफुले व्यपारी तथा श्रमीकलाई दिनु पर्ने रकम धेरै भएकाले गाउँ नै छोडनु र महाकालीमा हामफाल्नुको विकल्प नभएको बताए ।

गडदेव आधारभूत विद्यालयको नयाँ भवनमा ताला लागेकाले बालबालिकाहरु खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका थिए । ताला खुलेपछि अब सहज भएको विद्यालयका प्रधानाध्यापक निरज जोशीले बताए । कक्षा ५ सम्मको पढाई हुने सो विद्यालयमा अहिले एक सय जना जति विद्यार्थीहरु अध्ययनरत रहेका बताइएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.