एमाले बैतडीको जिल्ला अधिवेशन आज

बैतडी : आजबाट नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशन पाटनमा सुरु हुदैछ । आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएर पाटन पुगेका छन् । १ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ ।
अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन् ।
आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ६ जनाले आकांक्ष देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँद, हर्क धानुकले आकांक्षा देखाएका छन् ।
अध्यक्षमा आकांक्षा धेरैले जनाएपनि सहमतीबाटै नेतृत्वको टुंगो लगाउने पक्षमा शीर्ष नेतृत्व देखिएको छ । आईतबारबाटै सहमतीका लागि पाटनको एक होटलमा आकांक्षीहरुसंग एक- एक गरेर छलफल वार्ता भइरहेको स्रोतले बताएको छ । नरेन्द्र बिष्ट र नरेश कुमार विकको नाममा सहमती खोज्ने प्रयासमा नेताहरु रहेको बुझीएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.