सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं:  सरकारले तीन वटा प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको सरकारको प्रवक्ता मन्त्री रेखा शर्माले बताइन्।

रिक्त हुने पदहरूमा प्रदेश प्रमुख नियुक्त गर्नका लागि पनि मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस पनि गरेको छ। मधेश प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाको नाम सिफारिस गरिएको छ।

यसअघि मधेश प्रदेशको प्रमुखमा हरिशंकर मिश्र, गण्डकीका प्रमुखमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुखमा देवराज जोशी थिए। उनीहरू तिनै जना तत्कालीन सत्ता साझेदार दल कांग्रेससँग निकटताका आधारमा नियुक्त भएका थिए।

मन्त्री शर्माले प्रदेश र केन्द्र सरकारबीच समन्वय जरुरी हुने भएकाले पदमुक्त र नयाँ नियुक्तिको निर्णय लिइएको बताइन्। ‘राजनीतिक रुपमा सहज होस्। प्रदेश र केन्द्रबीचको राजनीतिक दृष्टिकोण समान बनोस् भन्ने उद्देश्यले यो गरिएको हो’, उनले भनिन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.